सोलुखुम्बुमा ११० मेगावाटको ‘दुधकोशी पाँचौँ’ आयोजना बन्दै
जलसरोकार
सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी प्रस्ताव गरिएको यस आयोजनाको विद्युत्गृह वडा नं. ४ स्थित काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट करिब ७३० मिटर माथि रहनेछ।
आयोजना सम्पन्न भएपछि वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति हुने जनाइएको छ। निर्माण चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष गरी ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
विद्युत् विकास विभाग ले यस आयोजनालाई अर्ध–जलाशययुक्त प्रकृतिमा निर्माण गर्न सहमति दिइसकेको छ भने इन्डेपेन्डेन्ट पावर कम्पनी नेपाल ले निर्माण गर्नेछ।
यसअघि नदी प्रवाही रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन तयार गरिएको भए पनि अब अर्ध–जलाशय प्रणालीमा रूपान्तरण भएपछि पूरक प्रतिवेदन तयार गरिनेछ। वन तथा वातावरण मन्त्रालय ले यसका लागि सुझाव माग गरेको छ।
आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहनेछ। संरचना निर्माणका लागि करिब २५.२८ हेक्टर सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्नेछ, जहाँ दुई हजारभन्दा बढी विभिन्न प्रजातिका रुख काट्नुपर्नेछ।
उत्पादित विद्युत् दोलखास्थित नयाँ खिम्ती सबस्टेशनमा जोडिनेछ। करिब रु १९ अर्ब ११ करोड लागत अनुमान गरिएको यस आयोजनाको प्रतिमेगावाट लागत करिब रु २० करोड रहेको छ।
प्रवर्द्धक कम्पनीले आयोजनालाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य