१५६.५ किलोवाट विद्युत् उत्पादन हुने ११ लघु जलविद्युत् आयोजना प्रयोगविहीन
जलसरोकार
पर्वत: जिल्लाका दुर्गम गाउँ–बस्तीमा उज्यालो पु¥याउने उद्देश्यले निर्माण गरिएका ११ लघु जलविद्युत् आयोजना लामो समयदेखि बन्द भएका छन् । युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा आएका यी आयोजनाहरू अहिले प्रयोगविहीन बनेका हुन् ।
स्थानीयका अनुसार, सात वर्षअघिसम्म जिल्लामा तीन मात्र आयोजना सञ्चालनमा थिए । तर केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएपछि ती पनि बन्द भएका छन् । अब स्थायी मर्मत अभाव, सानो उत्पादन क्षमता र स्थानीय सक्रियताका कमीका कारण आयोजनाहरू अलपत्र अवस्थामा छन् ।
बन्द रहेका प्रमुख आयोजनाहरूमा पैंयुँ–६ सरौखोलाको १२ किलोवाट अगुवाखोला, हुवास–४ को १२ किलोवाट गेडीखोला, भोर्ले–७ को १६ किलोवाट धुँवाकोट, फलेवास–११ को ७.५ किलोवाट गढिसिद्ध र ११ किलोवाट बाच्छाखोला, मोदी–४ को १६ किलोवाट घट्टेखोला, विहादी–१ बाच्छा–बाच्छाखोलाको १९ र २१ किलोवाट बाच्छाखोला, मोदी–१ भुकताङ्गलको २७ किलोवाट ठाडोखोला, महाशिला–२ भोक्सिङको ६ किलोवाट छहरेखोला र ९ किलोवाट छर्छरेखोला समावेश छन् ।
तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार, “स्थानीय तहले पनि मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । केन्द्रीय लाइन विस्तार भएपछि गाउँमा सञ्चालित आयोजनाको उपयोग नगरी बेवास्ता भयो ।”
यी ११ लघु जलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो र करिब १,४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित थिए । शिलाकारले भने, “२५ वाट बल्ब महिनाभर चलाउनमा रु २५ मात्र तिरे पुग्थ्यो । तर अब केन्द्रीय लाइन आएपछि स्थानीयले लघु जलविद्युत्को उपयोग नगरेका छन् ।”
कुल रु २ करोड २५ लाख लगानीमा निर्माण भएका यी आयोजनाहरू अहिले भग्नावशेष अवस्थामा पुगेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले