जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

जलसरोकार
बुधबार, वैशाख ३१, २०८२ | १२:२३:४८ बजे

 

काठमाडौं: नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : बुधबार, वैशाख ३१, २०८२ | १२:२३:४८ बजे

प्रतिक्रिया