सेयर बजारमा झिनो अंकको बढोत्तरी
जलसरोकार
काठमाडौं – साताको दोस्रो कारोबारको सेयर बजार झिनो अंक बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ०.०७ ले बढेर १९८० अंकमै स्थिर रहेको छ । झिनो अंकले बढेको बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको कारोबारमा २ अर्ब ६८ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज २ अर्ब ९५ करोडको भएको छ ।
९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.१७ प्रतिशत बढ्यो । फाइनान्सका अलावा विकास बैंक १.६६ र बैंकिङ ०.२९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.५०, जीवन बीमा ०.२५, उत्पादन ०.०६, निर्जीवन बीमा ०.५१, अन्य ०.८२ र ब्यापार ०.४५ प्रतिशत घटे । माइक्रोफाइनान्स समूह स्थिर रह्यो ।
पोखरा, जानकी र नेपाल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७।६, सप्तकोशी विकास बैंकको ६.९९ तथा माण्डु हाइड्रोपावरको ६.१ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ६, इन्स्टर्न हाइड्रोपावरको ३.८, मेन्छियाम हाइड्रोपावरको ३.२ तथा चिरख्वा हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य घट्यो । कारोबारका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गोर्खाज फाइनान्स र मल्टिपर्पस फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य