काठमाडौँका १० वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी
जलसरोकार
काठमाडाै : काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान जारी रहेको ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी उच्चस्तरको शान्ति सुरक्षाको व्यवस्था गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा समेत निस्किएको छ ।
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान : निर्वाचन आयोग
-
प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न
-
दिउँसो १ बजेसम्म देशभर ४४ लाखभन्दा बढी मत खस्यो
-
अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रबाट मतदान
-
देशभर मतदान जारी, बिहान १० बजेसम्म करिब १० लाख ६५ हजार मत खस्यो : निर्वाचन आयोग
-
झापा–५ मा रोचक प्रतिस्पर्धा, साढे १० बजेसम्म २५ प्रतिशत मतदान