सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दुई जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

जलसरोकार
मंगलबार, फागुन २६, २०८२ | १६:४९:२९ बजे

 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कलंगा हाइड्रो लिमिटेड र सानीगाड हाइड्रो लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले दुवै कम्पनीको आईपीओ निष्कासन प्रस्ताव फागुन २६, २०८२ मा स्वीकृत गरेको हो।
सेबोनको स्वीकृतिअनुसार कलंगा हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि प्रतिशेयर रु. १०० अंकित दरमा कुल ४९ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। उक्त शेयर स्थानीय बासिन्दा तथा सर्वसाधारण दुवैका लागि निष्कासन गरिने जनाइएको छ।
कम्पनीको सार्वजनिक निष्कासनका लागि सनिमा क्यापिटल लिमिटेड लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले कलंगा हाइड्रो लिमिटेडको जारीकर्ता रेटिङ संशोधन गर्दै ‘CARE-NP BB (Is)’ कायम गरेको छ। यसअघि कम्पनीको रेटिङ ‘CARE-NP BB- (Is)’ रहेको थियो। यो रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै वहन गर्ने क्षमताका हिसाबले मध्यम तहको जोखिम भएको मानिन्छ।
कलंगा हाइड्रो लिमिटेड सन् २००७ डिसेम्बर २० मा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको थियो। पछि कम्पनी २०२१ जुलाई १४ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले बाजाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कलंगा गाड जलविद्युत् आयोजना निर्माण गरेको छ। आयोजना बुट (BOOT) मोडेलअन्तर्गत निर्माण गरिएको हो।
त्यसैगरी, सानीगाड हाइड्रो लिमिटेड ले पनि प्रतिशेयर रु. १०० अंकित दरमा कुल ८५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ। यो शेयर पनि स्थानीय बासिन्दा र सर्वसाधारण दुवैका लागि उपलब्ध हुने जनाइएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एलएस क्यापिटल लिमिटेड नियुक्त भएको छ।
आइक्रा नेपाल ले सानीगाड हाइड्रो लिमिटेडको जारीकर्ता रेटिङ स्तरोन्नति गर्दै [ICRANP-IR] BB- कायम गरेको छ। यसअघि कम्पनीको रेटिङ [ICRANP-IR] B+ रहेको थियो। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
सानीगाड हाइड्रो लिमिटेड सन् २००७ डिसेम्बर मा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको थियो। पछि कम्पनी २०२१ जुलाई १४ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले सुदूरपश्चिम प्रदेशको बाजाङ जिल्लामा रहेको ३८.४६ मेगावाट क्षमताको अपर कलंगा गाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ।
दुवै कम्पनीले आईपीओ निष्कासनको तयारी अघि बढाएसँगै जलविद्युत् क्षेत्रमा नयाँ लगानी अवसर थपिने अपेक्षा गरिएको छ

प्रकाशित मिति : मंगलबार, फागुन २६, २०८२ | १६:४९:२९ बजे

प्रतिक्रिया