सोलु हाइड्रोपावरको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीको कुल १० करोड कित्ता शेयर सूचीकरण गरिएको हो। यसमध्ये २ करोड कित्ता सर्वसाधारणमा वितरण गरिएको शेयर र ८ करोड कित्ता संस्थापक शेयरधनीको लगानी रहेको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ। सोही मूल्य दायराका आधारमा आगामी आइतबार (चैत १ गते) हुने स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित बजारमा शेयर किनबेच सुरु हुने जनाइएको छ।
नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘SOHL’ स्टक टिकर प्रदान गरेको छ।
प्रतिक्रिया
भर्खरै
-
‘जाबो’ सय मेगावाट पनि किन यति गाह्रो भयो?
-
विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकको नयाँ विभाग
-
सोलु हाइड्रोपावरको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत
-
साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै बढ्यो
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वसँग भएको छलफल
-
ट्युबवेल बोरिङ जडानपछि किसानलाई सिँचाइ सुविधा