रुखले च्यापिएर मृत्यु भएका परिवारलाई वडा कार्यालयले दियो क्रिया खर्च
जलसरोकार
बाजुरा,: विद्युत् लाइन तान्ने क्रममा रुखले च्यापिएर मृत्यु भएका शुपधन बुढाका परिवारलाई वडा कार्यालयले क्रिया खर्च उपलब्ध गराएको छ । हिमाली गाउँपालिका –३ का वडा अध्यक्ष मंगल बुढाले आज पाँज हजार नगदसहित एक बोरा चामल र क्रिया खर्चबापत मृतक बुढाको परिवारलाई हस्तान्तर गरेका हुन् ।
बुढाको गत मंसिर ९ गते दिउँसो करिब २ बजेको समय कादुरी संस्थाको सहयोगमा निर्माण भइहेको नातीखोला लघुजलविद्युत् आयोजनाको बिजुलीको तार तान्ने क्रममा रुखले च्यापिएर मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
उक्त परिवारलाई वडाको तर्फबाट क्रिया खर्च बापत सहयोग गरेको वडा अध्यक्ष मंगल बुढाले जनाकारी दिए । वडा अध्यक्ष बुढाले भने, ‘मृतक परिवारलाई वडाबाट सानो तीनो क्रिया खर्चको रुपमा सहयोग गरेका छौं ।’
उनले मृतक बुढाको परिवारलाई स्थानीय, संघ र प्रदेश सरकारलगायत विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्न आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य