रुखले च्यापिएर मृत्यु भएका परिवारलाई वडा कार्यालयले दियो क्रिया खर्च
जलसरोकार
बाजुरा,: विद्युत् लाइन तान्ने क्रममा रुखले च्यापिएर मृत्यु भएका शुपधन बुढाका परिवारलाई वडा कार्यालयले क्रिया खर्च उपलब्ध गराएको छ । हिमाली गाउँपालिका –३ का वडा अध्यक्ष मंगल बुढाले आज पाँज हजार नगदसहित एक बोरा चामल र क्रिया खर्चबापत मृतक बुढाको परिवारलाई हस्तान्तर गरेका हुन् ।
बुढाको गत मंसिर ९ गते दिउँसो करिब २ बजेको समय कादुरी संस्थाको सहयोगमा निर्माण भइहेको नातीखोला लघुजलविद्युत् आयोजनाको बिजुलीको तार तान्ने क्रममा रुखले च्यापिएर मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
उक्त परिवारलाई वडाको तर्फबाट क्रिया खर्च बापत सहयोग गरेको वडा अध्यक्ष मंगल बुढाले जनाकारी दिए । वडा अध्यक्ष बुढाले भने, ‘मृतक परिवारलाई वडाबाट सानो तीनो क्रिया खर्चको रुपमा सहयोग गरेका छौं ।’
उनले मृतक बुढाको परिवारलाई स्थानीय, संघ र प्रदेश सरकारलगायत विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्न आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो