सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज देशभरको मौसम सफा रहने

जलसरोकार
बिहीबार, मंसिर ०४, २०८२ | ०९:४९:०१ बजे

 

काठमाडाै‌ :  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर हाल कुनै महत्वपूर्ण मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जबकि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहनेछ। आज बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

प्रकाशित मिति : बिहीबार, मंसिर ०४, २०८२ | ०९:४९:०१ बजे

प्रतिक्रिया

सम्बन्धित खबर