मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न सरकारसँग सांसद चौरसियाको माग
जलसरोकार
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौरसियाले आँधि, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेशको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेकोमा आपत्ति जनाए।
‘पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरू उठाएको छु। तर सरकार कानमा तेल हालेर सुतेको छ। सम्माननीय सभामुखबाट रुलिङ होस्। मधेशमा एउटा उखान छ–भैंसका आगे विन बजाय,’ उनले भने।
साथै, उनले भैँसीको अगाडि वीन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे।
‘मधेशमा खानेपानीको समस्या भएको छ। मुहानहरू सुक्दै गएका छन्। र पानीको लागि त्राहीमाम छ। हाहाकार छ। अर्कोतिर आँधि, तुफान, हावाहुरीको कारणले, असीनाको कारणले घर उठाएको छ। खेतीपाती नोक्शान भएको छ। बगैँचा नोक्शान भएको छ,’ उनले भने।
सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए। ‘संसद् सचिवालयका कर्मचारीहरूको जायज माग अभिलम्व पूरा गरियोस्,’ सांसद चारसियाले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?