मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न सरकारसँग सांसद चौरसियाको माग
जलसरोकार
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौरसियाले आँधि, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेशको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेकोमा आपत्ति जनाए।
‘पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरू उठाएको छु। तर सरकार कानमा तेल हालेर सुतेको छ। सम्माननीय सभामुखबाट रुलिङ होस्। मधेशमा एउटा उखान छ–भैंसका आगे विन बजाय,’ उनले भने।
साथै, उनले भैँसीको अगाडि वीन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे।
‘मधेशमा खानेपानीको समस्या भएको छ। मुहानहरू सुक्दै गएका छन्। र पानीको लागि त्राहीमाम छ। हाहाकार छ। अर्कोतिर आँधि, तुफान, हावाहुरीको कारणले, असीनाको कारणले घर उठाएको छ। खेतीपाती नोक्शान भएको छ। बगैँचा नोक्शान भएको छ,’ उनले भने।
सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए। ‘संसद् सचिवालयका कर्मचारीहरूको जायज माग अभिलम्व पूरा गरियोस्,’ सांसद चारसियाले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा