पूर्ण रुपमा बन्द भयो मेलम्चीको द्वार, काठमाडौंमा पुनः खानेपानी अभाव हुने
जलसरोकार
काठमाडौं – काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण रुपमा बन्द भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै मेलम्ची खानेपानी विकास समितिले पानी आपूर्ति बन्द गरेको हो । समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गरेको जनाएको छ । मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको हो ।
बन्द भएपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । वर्षा कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरु गर्ने खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । परामर्शदाता र एसियाली विकास बैंकले (एडीबी)को मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्नसक्ने सम्भावित क्षति कम गर्न मेलम्चीको पानी बन्द गर्न सुझाव छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । काठमाडौंमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ । मेलम्चीको पानी बन्द भएपछि पुनः काठमाडौंमा खानेपानीको समस्या उत्पन्न हुनेछ । मेलम्चीको पानी वर्षायाम सकिएपछि मात्रै हेडवक्स खोल्ने आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा