पूर्ण रुपमा बन्द भयो मेलम्चीको द्वार, काठमाडौंमा पुनः खानेपानी अभाव हुने
जलसरोकार
काठमाडौं – काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण रुपमा बन्द भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै मेलम्ची खानेपानी विकास समितिले पानी आपूर्ति बन्द गरेको हो । समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गरेको जनाएको छ । मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको हो ।
बन्द भएपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । वर्षा कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरु गर्ने खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । परामर्शदाता र एसियाली विकास बैंकले (एडीबी)को मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्नसक्ने सम्भावित क्षति कम गर्न मेलम्चीको पानी बन्द गर्न सुझाव छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । काठमाडौंमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ । मेलम्चीको पानी बन्द भएपछि पुनः काठमाडौंमा खानेपानीको समस्या उत्पन्न हुनेछ । मेलम्चीको पानी वर्षायाम सकिएपछि मात्रै हेडवक्स खोल्ने आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य