आजदेखि उपत्यकाका धारामा मेलम्चीको पानी बन्द, वर्षायाम सकिएपछि मात्रै आउने
जलसरोकार
काठमाडौँ– आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द गरिने भएको हो ।
मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गर्न लागिएको हो । योसँगै उपत्यकावासी आजदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् ।
मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिले जनाएको छ । मनसुनको जोखिम सकिएपछि मात्रै उपत्यकामा मेलम्चीको पनि पुनस् वितरण गरिने भएको छ ।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो । मनसुन अक्टोबरको पहिलो सातामा बाहिरने बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
-
तरलता व्यवस्थापनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुग्यो