हुम्ला विपद् घटना : तत्काल राहत र उद्धारका लागि आग्रह


काठमाडौँ: सांसदहरुले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्नका लागि उनीहरुले ध्यानाकर्षण गरेका छन् ।
सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे । “पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्,” उनले भने, ।
सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गरे ।
प्रतिक्रिया
भर्खरै
-
नेपाल-अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमा : हरित ऊर्जा र सहकार्यका नयाँ सम्भावनामा एकमत
-
इप्पानले राख्यो प्राधिकरणसमक्ष ११ बुँदे माग
-
निजी क्षेत्रको बिजुली लिएँ भने मलाई अख्तियारले बाँधेर लान्छ : हितेन्द्रदेव शाक्य
-
हाइड्रो ‘चाहिँदैन’ भनेका हितेन्द्रदेव शाक्यले भने, 'सौर्य ऊर्जाले अर्थतन्त्र उकास्न सक्दैन'
-
विद्युत् विधेयकमा स्वदेशी निजी क्षेत्रलाई निषेध ( भिडियाे)
-
सरकारको राजस्वबाट मात्र विकास आवश्यकता पूर्ति नभएकाले वैकल्पिक वित्त कोष आवश्यक : अर्थमन्त्री