जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव, स्थानीय प्रदर्शन उत्रिए
जलसरोकार
जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव, स्थानीय प्रदर्शन उत्रिए
काठमाडौँ– खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौँको जडिबुटी क्षेत्रमा प्रदर्शन गरेको छ ।
खहरे–जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन बिछ्याइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
खानेपानीको पाइप राख्ने आश्वासन लामो समयदेखि पाएपछि अझैसम्म पाइप समेत बिछ्याउने काम नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
उनीहरूले आगामी वैशाख १५ गतेभित्र पाइप बिछ्याएर खानेपानी उपलब्ध गराउन माग गरेका छन् । संविधानमा स्वच्छ खानेपानीको अधिकार रहे पनि त्यसलाई सरकारले बेवास्ता गर्दै आफूहरूलाई खानेपानीबाट वञ्चित गराएको उनीहरूको गुनासो छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य