जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जामन्त्री खड्काबाट समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

जलसरोकार
शनिबार, असोज १९, २०८१ | १९:४२:४० बजे

काठमाडौँ, – ऊर्जामन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्षलाई आगामी पुस्ताका लागि मार्गदर्शन बन्ने बताएका छन् ।

 

वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन कार्यक्रममा उनले “माओवादी द्वन्द्वकालमा धेरै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विभिन्न स्थानमा हिँडेको अवस्थामा लेखकले आफ्नो जन्मभूमिलाई सम्झेर पुस्तक लेख्नु अरूका लागिसमेत प्रेरणाको स्रोत बनेको छ”, भने ।

 

आफ्नो भूगोललाई सम्झेर लेखिएको पुस्तकले समाजप्रति उत्तरदायी बन्न पुस्तकले प्रेरणा प्रदान गरेको उनको भनाइ थियो । मन्त्री खड्काले मानिस भएर जन्मेपछि केही न केही सम्झने कुरा छाडेर जाँदा नयाँ पुस्तालाई खोज र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

पुस्तकका लेखक शाक्यले आफ्नो जीवनका भोगाइ र ग्रामीण जीवनशैलीलाई पुस्तकमार्फत प्रकाशनमा ल्याएको बताए । एक सय ५० वर्षपहिले ललितपुरको पाटनबाट बसाइँ सरेर सङ्खुवासभाको चैनपुरमा पुगेको शाक्य परिवारले गरेको योगदानलाई समेत पुस्तकमा समावेश गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : शनिबार, असोज १९, २०८१ | १९:४२:४० बजे

प्रतिक्रिया