विद्युत्म हसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा, एक करोडभन्दा बढी बक्यौता उठ्न बाँकी
जलसरोकार
भरतपुर : नेपाल विद्युत् प्राधिकरण अन्तर्गत वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध कारबाहीस्वरूप यस्तो कदम चालिएको हो।
केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार ती ग्राहकबाट कुल रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठाउन बाँकी रहेको छ। लामो समयसम्म बक्यौता नतिरेपछि कालोसूचीमा राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिए ।
बक्यौता असुलीलाई तीव्र बनाउन केन्द्रले यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटिसकेको छ। छ महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको विष्टले बताए ।
हाल केन्द्रअन्तर्गत ७४ हजार ८७६ ग्राहक रहेका छन्। तीमध्येबाट रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ।
बक्यौता असुलीका लागि लाइन काट्ने, ग्राहकलाई सूचित गर्ने लगायतका कार्य नियमित रूपमा भइरहेको केन्द्रले जनाएको छ। “बक्यौता असुलीका लागि कर्मचारीहरू निरन्तर खटिएका छन्,” सूचना अधिकारी विष्टले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर सबस्टेसनमा समस्या, बनेपा र पाँचखालमा आज दिउँसो २ बजेदेखि डेढ घण्टा विद्युत् अवरुद्ध हुने
-
आजको मौसम : केही हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
-
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् प्रणालीमा जोडियो
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा