विद्युत्म हसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा, एक करोडभन्दा बढी बक्यौता उठ्न बाँकी
जलसरोकार
भरतपुर : नेपाल विद्युत् प्राधिकरण अन्तर्गत वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध कारबाहीस्वरूप यस्तो कदम चालिएको हो।
केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार ती ग्राहकबाट कुल रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठाउन बाँकी रहेको छ। लामो समयसम्म बक्यौता नतिरेपछि कालोसूचीमा राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिए ।
बक्यौता असुलीलाई तीव्र बनाउन केन्द्रले यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटिसकेको छ। छ महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको विष्टले बताए ।
हाल केन्द्रअन्तर्गत ७४ हजार ८७६ ग्राहक रहेका छन्। तीमध्येबाट रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ।
बक्यौता असुलीका लागि लाइन काट्ने, ग्राहकलाई सूचित गर्ने लगायतका कार्य नियमित रूपमा भइरहेको केन्द्रले जनाएको छ। “बक्यौता असुलीका लागि कर्मचारीहरू निरन्तर खटिएका छन्,” सूचना अधिकारी विष्टले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-१ को सुरुङबाट विदेशी नागरिकको जीवित उद्धार
-
१० दिन बित्दा पनि रसुवागढीको विद्युत्गृहमा पुग्न सकेन मिनी एक्साभेटर
-
उद्धार सफल भएपछि प्राधिकरणका इन्जिनियरले सम्झिए श्रीराम न्यौपानेलाई : ‘फोटो खिच्न मात्र गएका थिए’ भन्ने आरोपमाथि प्रश्न
-
रसुवागढीको भूमिगत रहस्य : ९३ जना अझै सम्पर्कविहीन, विद्युत्गृहमा कति फसे यकिन छैन
-
माथिल्लो त्रिशूली-१ मा गहिरिँदो संकट : ५५१ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङमा फसेको आशंका
-
बाढी आएको १० दिन बितिसक्दा पनि अझै ९३६ जना सम्पर्कविहीन