सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

जलसरोकार
आइतबार, असोज २५, २०८३ | ०९:५३:४६ बजे

 

काठमाडौं : देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसको प्रभावले आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

हाल हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ ।

त्यसैगरी, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

यसका कारण वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : आइतबार, असोज २५, २०८३ | ०९:५३:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया