यस्तो छ आजको मौसम
जलसरोकार
काठमाडौँ : देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका भूभागमा भने आंशिक बादल लाग्ने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पत्रकार विकास थापाको पुस्तक ‘नेपालको जलविद्युत् : असफलताको राजनीति’ को लोकार्पण
-
राष्ट्र बैंक थापाथलीमा पाँच मिनेटमै नयाँ नोट साट्न सकिने
-
एनएमबी बैंकले ल्यायो ‘लुप’मार्फत खरिद कर्जा र किस्ताबन्दी सुविधा
-
यस्तो छ आजको मौसम
-
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे २१ अर्ब लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीलाई पनि गति दिने
-
नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो