सेयर बजारमा ५.१५ अंक घट्दै २५४० अंकमा, कारोबार ३ अर्ब ८९ करोड
जलसरोकार
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५.१५ अंकले घट्दै २५४० अंकमा कायम भएको छ । दिनभर हल्का उतारचढाव चले पनि बजार समग्रमा कमजोर रह्यो । दिउँसो एक समयमा नेप्से २५३३ अंकसम्म झरेको थियो ।
आज ७४ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको घट्यो भने १४ कम्पनी स्थिर रहे। बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भयो ।
समूहगत सूचकहरूमा तीन सूचक बढे— होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत र अन्य समूह ०.७२ प्रतिशत। बाँकी सबै सूचक घटे, जसमा बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले तल झरे ।
तीन कम्पनी— सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकार— को मूल्य १० प्रतिशतले बढ्यो। नबिल डिबेन्चर २०८५ को मूल्य ९.९१ र नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशतले वृद्धि भयो। सबैभन्दा धेरै घट्नेमा भूगोल इनर्जी १० प्रतिशतले पछि प¥यो। रुरु जलविद्युत्, दरामखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य पनि उल्लेख्य रूपमा घट्यो।
आज सबैभन्दा धेरै कारोबार भएका धितोपत्रमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर परे।
प्रतिक्रिया
भर्खरै
-
१०८०० मेगावाटको कर्णाली चिसपानी सरकारबाटै उपेक्षित, रकम नदिंदा परामर्शदाता नियुक्त हुन सकेन
-
सेयर बजारमा ५.१५ अंक घट्दै २५४० अंकमा, कारोबार ३ अर्ब ८९ करोड
-
राष्ट्र बैंकले ८४ दिनका लागि ५० अर्ब बढीको तरलता खिच्दै
-
मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई दैनिकीमा सहजता
-
देशभरको मौसम सफा रहने सम्भावना