आज पहाडी भू-भागका आकाश ५० प्रतिशतसम्म बादलले ढाकिने
जलसरोकार
काठमाडौं : देशको पहाडी भू-भागमा आंशिक बदली (आकाश ५० प्रतिशतसम्म बादलले ढाकिने) रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाक्ने ) रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
यतिखेर देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको बुलेटिनमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज देशभर मौसम प्रायः सफा, घाम लाग्ने
-
नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकम पनि घट्यो
-
निजी क्षेत्रमार्फत प्रसारण लाइन विस्तारको बाटो खुल्यो
-
भारी वर्षापछि क्षतिग्रस्त सडक र पुल मर्मतका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
-
सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी सुविधा
-
पूर्व ऊर्जाराज्यमन्त्री कान्छारामको सहित पाँच निर्माण कम्पनी कालोसूचीमा