आज पनि पहाडी भूभागमा पानी पर्ने सम्भावना
जलसरोकार
काठमाडौं आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली (५० प्रतिशतसम्म बादल लाग्ने) रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाकिने) रहने छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको पनि बुलेटिनमा छ ।
त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारका सबै सूचक हरियाली, नेप्से २८.७३ अंकले बढेर २६३९ मा
-
हिउँदे आगन्तुक जलपक्षी गणना हुने
-
दुई दिनमै काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्यो
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड १ लाख सहयोग
-
सुनको भाउ तोलामा ४ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
-
राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पाइपलाइन जडान अन्तिम चरणमा