आज पनि पहाडी भूभागमा पानी पर्ने सम्भावना
जलसरोकार
काठमाडौं आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली (५० प्रतिशतसम्म बादल लाग्ने) रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाकिने) रहने छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको पनि बुलेटिनमा छ ।
त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका १०० दिन: प्राधिकरण पुनर्संरचना, ऊर्जा रणनीति र प्रसारण लाइन विस्तारका काम अघि बढेको दाबी
-
विद्युत् आपूर्तिमा समस्या आए ११५० वा प्रदेश कार्यालयमा सम्पर्क गर्न प्राधिकरणको आग्रह
-
'ब्लू बस' स्वागतयोग्य, तर साझा यातायातको हरित पहिचान नमेट्नुस् : कुलमान घिसिङ
-
आज २२ जिल्लामा भारी वर्षाको सम्भावना, पश्चिम र मधेशका केही क्षेत्रमा सतर्क रहन आग्रह
-
१२६ मेगावाट तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गाको क्षतिपूर्ति निर्धारण
-
नेप्से ८.३० अंकले घट्दा कारोबार बढ्यो, सानिगाड, स्नो रिभर्स र कालंगा हाइड्रोमा सकारात्मक सर्किट