सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज यी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने

जलसरोकार
आइतबार, असोज १८, २०८३ | ०९:३१:१० बजे

 

काठमाडौं : देशका विभिन्न प्रदेशमा आज वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।

आइतबार दिउँसो यी चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा तराई भूभागमा साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा हुन सक्नेछ ।

मौसम पूर्वानुमानअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ । त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसमको यही अवस्थाका कारण आज देशका विभिन्न स्थानमा बादल लाग्ने र केही क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : आइतबार, असोज १८, २०८३ | ०९:३१:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया