चार प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही हिमाली क्षेत्रमा मध्यम वर्षा तथा राति हिमपातसमेत हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बादल लाग्ने अनुमान छ । देशका तराई क्षेत्रमा पनि आंशिक बादल रहनेछ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बादल रहने पूर्वानुमान छ । तराईका भूभागमा आंशिक बादल लाग्ने र बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध