हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
जलसरोकार
काठमाडौं : देशका हिमाली र पहाडी भू–भागमा आज मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति भने देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ । हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लिट्मसले नेपाली बजारमा भित्र्यायो दुई नयाँ कन्डक्टर प्रविधि
-
हिउँदमा आफ्नै उत्पादन १,२१८ मेगावाट, भारतबाट १,१५५ मेगावाट ल्याउने प्राधिकरणको योजना
-
नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
-
मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध
-
विद्युत्मा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग