सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जलसरोकार
बिहीबार, असोज १५, २०८३ | ०९:१७:५७ बजे

 

काठमाडौं : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी २४ घण्टामा हिमाली तथा पहाडी भू-भागमा बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

भोलि दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : बिहीबार, असोज १५, २०८३ | ०९:१७:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया