आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा भने आंशिक बदली रहने विभागले जनाएको छ।
तराईका भू–भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईका भू–भागमा पनि आंशिक बादल लाग्ने विभागले जनाएको छ।
रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै
-
आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
-
नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
-
चार दिनपछि खुल्यो बिपी राजमार्ग
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?