देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज देशभरको मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमको तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यस्तै, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
राति मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको अनुमान छ।
यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरबीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरिसकेको छ।
उक्त प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको विभागले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
-
फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड
-
बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार
-
४१० मेगावाट प्रणालीबाहिर, हिउँद व्यवस्थापनमा प्राधिकरणको तयारी
-
डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
-
देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना