आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर कुनै मौसमजन्य चेतावनी नरहेको जनाएको छ। महाशाखाले सार्वजनिक गरेको ‘डे-२ वार्निङ म्याप’मा देशका सबै भूभाग हरियो रंगमा देखाइएको छ, जसले कुनै चेतावनी नरहेको संकेत गर्छ।
महाशाखाले हिजो साँझ ६ बजे जारी गरेको नक्साअनुसार आज शनिबारका लागि उच्च सतर्कता अपनाउनुपर्ने, तयारी अवस्थामा रहनुपर्ने वा तत्काल कदम चाल्नुपर्ने गरी कुनै पनि चेतावनी जारी गरिएको छैन।
यद्यपि नक्सामा देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातका संकेत भने देखाइएको छ। विशेषगरी हिमाली तथा उच्च पहाडी भूभागका केही स्थानमा हिमपातको संकेत राखिएको छ भने अन्य केही क्षेत्रमा वर्षाको सम्भावना देखाइएको छ।
महाशाखाको संकेत प्रणालीअनुसार हरियो रंगले ‘चेतावनी छैन’ भन्ने जनाउँछ। त्यस्तै पहेँलोले ‘अद्यावधिक भइरहनुपर्ने’, सुन्तला रंगले ‘सतर्क हुनुपर्ने’ र रातो रंगले ‘प्रत्यक्ष कारबाही आवश्यक पर्ने’ अवस्थालाई जनाउँछ। शनिबारका लागि जारी गरिएको नक्सामा भने नेपालका सबै भूभाग हरियो रंगमा छन्।
महाशाखाले सार्वजनिक गरेको नक्सामा वर्षा, हिमपात, तातो लहर, शीतलहर, मिस्ट, कुहिरो र हावाहुरीलगायत मौसमजन्य अवस्थाका संकेत राख्ने व्यवस्था गरिएको छ। शनिबारको नक्सामा वर्षा र हिमपातका संकेत मात्र विभिन्न स्थानमा देखिएका छन्।
यससँगै आजका लागि मौसमजन्य विपद्को उच्च जोखिमका आधारमा कुनै विशेष चेतावनी जारी नभएको महाशाखाको नक्साले देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने