सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नारायणीको जलसतह १३ मिटर पुग्ने पूर्वानुमान, चितवनसहित १६ जिल्लामा बाढीको उच्च जोखिम

जलसरोकार
आइतबार, असोज ११, २०८३ | १०:५०:०७ बजे

 

काठमाडौँ : देवघाटस्थित नारायणी नदीको जलसतह खतराको तह पार गरेर निरन्तर बढिरहेको छ। जलसतह ९.३ मिटरको खतरा तह पार गरिसकेको र आज बिहान करिब ११ बजे आसपास १३ मिटर पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणीको जलसतह यसअघि कायम भएको ऐतिहासिक अधिकतम ११.६ मिटरभन्दा माथि पुग्ने सम्भावना रहेको छ। जलसतह करिब १३ मिटर पुगेमा नदी आसपासका तटीय तथा होचा भूभागमा बाढी र डुबानको जोखिम थप बढ्नेछ।

यसैगरी रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी किनार तथा तटीय क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा बाढीको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरकारी निकायबाट जारी हुने बाढीसम्बन्धी सूचना र निर्देशनको अनिवार्य पालना गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : आइतबार, असोज ११, २०८३ | १०:५०:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया