सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

जलसरोकार
मंगलबार, असोज १३, २०८३ | ०९:२०:२५ बजे

 

काठमाडौं : देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

विभागले २०८३ आश्विन १३ गते मंगलबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राति पनि हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, असोज १३, २०८३ | ०९:२०:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया