पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव, आज भारी वर्षा र असिनाको सम्भावना
जलसरोकार
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ भने तापक्रममा समेत हल्का गिरावट आउने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बादल लाग्ने पूर्वानुमान छ। अन्य तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ।
दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
हाल देशका पहाडी र हिमाली भूभाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य क्षेत्रमा आंशिक बादल देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
देशका विभिन्न स्थानमा वर्षा, चट्याङ, हुरी र असिनाको सम्भावना रहेकाले महाशाखाले कृषि क्षेत्रमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन आग्रह गरेको छ। सम्भावित मौसमी जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे २१ अर्ब लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीलाई पनि गति दिने
-
नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो
-
मातातीर्थ-स्युचाटार प्रसारण लाइनको तार फेरिँदै, दुई दिन विद्युत् आपूर्तिमा असर पर्न सक्ने
-
प्रसारण शुल्क महँगो भएको भन्दै पुनरावलोकन गर्न इप्पानको माग
-
तनहुँमा बाढीले पाँच झोलुङ्गे पुल पूर्ण क्षति, आवतजावतमा समस्या
-
बैंकिङ प्रणालीबाट फेरि ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, तरलताको चाप अझै उच्च