आज तीन प्रदेशमा भारी वर्षा हुने
जलसरोकार
काठमाडौं ː आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
महाशाखाले आज विहान जारी गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र राति भने देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाके अनुमान छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्निर्माण कोषमा २५ लाख सहयोग
-
साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंकले घट्यो, कारोबार रकम खुम्चियो
-
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
-
रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत नहर विस्तार कार्यका लागि बोलपत्र आह्वान